१५ चैत, काठमाडौं।

बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स क्रिकेट प्रतियोगितामा बङ्गलादेश विरुद्ध ब्याटिङ गरिरहेको नेपालले ४ विकेटको क्षतिमा ११४ रन जोडेको छ।

यो पढ्नुस् : एसीसी इमर्जिङ कपको दोस्रो खेलमा पनि नेपाल पराजित, बंगलादेश ८३ रनले विजयी

बङ्गलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरे । उनी ७७ बलमा ५३ रन बनाएर क्रिजमा छन्।

अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गेरेका दिलिपनाथले ४१ रन बनाउँदै ऐरीसंगको शानदार साझेदारी गरे।

यसअघि बङ्गलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनाएको थियो ।