१७ असोज, एजेन्सी।
सामसुङले सुरक्षाको कारण ग्यालेक्सी नोट ७ लाई बजारबाट फिर्ता लिएपछि दक्षिण कोरियामा यसको बिक्री फेरी सुरु गरेको छ।samsung-note-7-7366387

यस्तै युरोपमा २८ अक्टोबरबाट फेरी बजारमा उत्रने तयारी गरिएको छ।

कम्पनीले चार्जिङको क्रममा वा पछि ग्यालेक्सी नोट ७ विस्फोट भएको खबर आएपछि सेट बजारबाट फिर्ता लिएको थियो। फोन पड्कनुमा ब्याट्रीको समस्या भएको कम्पनीले बताएको थियो।

बजारबाट फिर्ता लिनुपूर्व विश्वभर यो सेट २५ लाख प्रति बिक्रि भइसकेको थियो।

दक्षिण कोरियामा बेचिएका फोनमा ८० प्रतिशत त कम्पनीलाई नै फिर्ता पनि गरिएको छ।

यी सेट फिर्ता गर्ने ९५ प्रतिशत ग्राहकले फेरी सामसुङकै स्मार्टफोन बोक्ने कम्पनीले दाबी गरेको छ। यसलाई ग्राहकको वफादारी बताएको छ।

एप्पलले नयाँ आइफोन रिलिज गरेकै समयमा आफ्नो नयाँ सेट बजारमा उतारेको सामसुङलाई सेट फिर्ता उठाउनु परेपछि ठूलो घाटा बेहोर्नुपरेको छ।

यो पढ्नुस्।

विमान भित्रै पड्कियो सामसुङको स्मार्टफोन

सामसुङको नोट-७ विमानमा प्रयोग गर्न नपाइने