बझाङ, २ असार । बझाङको मष्टा गाउँपालिकास्थित फलाटे डाँडामा सोमबार जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

डुम्री बजारबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप डौठीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जीप सडकबाट झण्डै ४ सय मिटर तल अफ्ठेरो स्थानमा खसेकाले उद्दारमा कठिनाइ भएको छ । मृतकको सनाखत भएको छैन भने मृतकको संख्या पनि बढ्न सक्ने प्रहरीको अनुमान छ ।