२४ चैत, काठमाडौ । नेकपा-माओवादीसहितका ३३ दलले गरेको चैत २५ गतेको नेपाल बन्द फिर्ता लिनका लागी सरकारले ३३ दललाई आग्रह गरेको छ ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलद्वारा आज जारी वक्तव्यमा केही आन्दोलकारी राजनीतिक दलहरूको मोर्चाले आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल सरकारको ध्यान आकृष्ट भएको उल्लेख गर्दै २५ गते हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिन आग्रह गरेको छ । वक्तव्यमा सम्वाद, छलफल र परामर्शका माध्यमबाट समस्या समाधानका लागि सरकार तयार रहेको उल्लेख गरिएको छ ।
३३ दलले २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गर्दै २५ गते नेपाल बन्द आहृवान गरेका छन् ।

gov-letter