१८ साउन, काठमाडौ ।

संबैधानिक राजनीतिक संबाद तथा सहमती समितिका सभापति डा. बाबुराम भट्टराईले आगामि साउन मसान्त भित्रै सीमांकनसहितको संविधान जारी गर्ने गरी दलहरुवीच सहमति भईसकेको दावी गरेका छन ।

नयाँ बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित हुनु पर्ने माग गर्दै रिपोर्टर्स क्लबले बुझाएको ज्ञापन पत्र बुझ्दै सभापति भट्टराईले चार दलका शिर्ष नेताहरुवीच सीमांकनसहितको संविधान जारी गर्ने विषयमा सहमति भईसकेको भन्दै आज भोलीमा शिर्ष तहमा सहमति भएर साझा दस्तावेज संविधानसभामा लिएर जाने बताए ।

babu ram With Rishi Dhamala

उनले चार दलका शिर्ष नेताहरुले ९० प्रतिशत जनमतको प्रतिनिधित्व गर्ने भएकोले उनीहरुबीच सहमती भएर आउँदा सहमतीलाई अघि बढाउन सजिलो हुने भन्दै शिर्ष नेताहरुको बैठकमा छलफल भईरहेको बताए ।

संबाद समितिको बैठक बाहिर आए जस्तो अनिश्चित रुपमा स्थागित नभएको भन्दै भट्टराईले भने–सहमतिको लागि नेताहरु बसेर छलफल गर्दा निष्कर्समा पुग्न सजिलो होस भनेर बैठक नराखिएको हो । यसलाई अनिश्चित कालिन रुपमा स्थगित भयो भन्नु गलत हो ।’

‘कित बैठक सुरु भएको र समाप्त भएको बेलामा तपाईहरुलाई राख्नु पर्यो होईन भने बाहिर तपाईहरुले बैठक अनिश्चित रुपमा स्थगित भयो भन्दा म पनि अचम्मित भएको छु, भट्टराईले भने ।

उनले चार दलवीच भएको १६ बुँदे सहमतिको स्प्रिटमै आफूहरु अघि बढी रहेको भन्दै सभापति भट्टराईले जनताले छिटो संविधान चाहेकोले साउन मसान्तभन्दा पहिलानै संविधान जारी गर्ने प्रयासमा आफूहरु रहेको बताए ।

संविधान निर्माण गर्नु पर्ने बेलामा शिर्ष नेताहरुको भारत भ्रमणलाई लिएर गरिएको प्रश्नमा उनले भने ‘संविधान नेपालीले नेपालमै बनाउने हो । भारतको सद्भाव र र सहयोग हुनु आफ्नो ठाँउमा छ । नेताहरु भारत जानु र आउनुले केही असर पार्दैन ।’ अब बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिने उनले स्पष्ट पारे ।