२५ पुस, एजेन्सी ।

पछिल्ला खेलमा लय समाउन नसकेको बार्सिलोना गएराती भिल्लारियलसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै बार्सिलोना अंक तालिकामा तेस्रो स्थानमा धकेलिएको छ । गएराती अन्तिम मिनेटमा मेसीले गोल गर्नु अघि बार्सिलोना १–० ले पछि पर्दै तीन अंक नै गुमाउने स्थितिमा थियो । तर, मेसीले ९० औं मिनेटमा फ्रिकिकमा सानदार गोल गर्न पुगे । त्यसले हार त टार्यो तर, अंक तालिका टिम तेस्रो स्थानमा पुग्यो । १७ खेल सकिंदा बार्सिलोनाको ३५ अंक भएको छ भने बार्साभन्दा एक अंकले अघि रहेको सेभिल्लाको ३६ अंक छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ४० अंक छ ।

barcelona-lionel-messi

नेपाली समय अनुसार आज बिहान सकिएको खेलामा बार्सिलोना सानसोनले ४९ औं मिनेटमा गोल गरेपछि पछि परेको थियो । बार्सिलोनाका डिफेन्सलाई चिर्दै उनले काउन्टर एट्याकमा सानदार गोल गरेका थिए ।

पछिल्ला ६ मध्ये चार खेलमा बराबरीमा रोकिनुपरेपछि बार्सिलोना स्पेनिस लालिगामा तेस्रो स्थानमा पुगेको छ । यो सँगै बार्सिलोनाको उपाधि होड निक्कै कमजोर बनेको छ । एक खेल कम खेलेको रियल अहिले नै ५ अंकले अघि छ बाँकी खेल खेल्दा बार्सिलोनासँगको अंक ८ मा पुग्नेछ । फेरि बार्सालाई सेभिल्लाले पनि टक्कर दिइरहेको छ ।

दुई दिन अघि पनि बार्सिलोना कोपा डेलरे कपको खेलमा एथलेटिको बिलबाओसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।