२० मंसिर, एजेन्सी ।

इंङ्गलिस प्रिमियर लिग फुटबल लिगको शिर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेको लिभरपुल बर्नमाउथसँग पराजित भएको छ । गएराति भएको खेलमा बर्नमाउथलेले लिभरपुललाई चार तीन गोल अन्तरले हराएको हो । शुरुमा एक तीन गोल अन्तरमा रहेको बर्नमाउथले राम्रो पुनरागमन गदै नतिजा आफ्नो पक्षमा पारेको हो ।

बर्नमाउथका लागि क्यालुम विल्सन, रायन फ्रेजर, स्टिभ कुक र नाथन आकेले एक एक गोल गरे । लिभरपुलका लागि सादियो माने, डिभोक ओरिगी र एम्रे च्यानले एक/एक गोल गरे । गएरातिकै अर्को खेलमा म्यान्चेस्टर यु्नाईटेडलाई एभर्टनले एक एक गोलको बराबरीमा रोकेको छ । खेलमा म्यान्चेस्टर युनाईटेडका ज्लातन ईब्राहिमोभिचले पहिलो गोल गरेपनि एर्भटनका लेईटन बेन्सले पेनाल्टीमार्फत एक गोल फर्काउदै खेल बराबरी गरेका हुन ।

bournemouth_england_decem

इब्राहिमोविचले सुन्दर गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए । युनाइटेडका खेलको अन्तिमतिर मैदान छिरेका मारोवान फेलाइनी महंगा साबित भए । जितलाई सहज बताउन मैदान छिरेका फेलाइनीले गरेको पहिलो प्रयास नै फल भयो र एर्भटनले पेनाल्टी पायो । पेनाल्टीलाई सदुपयोग गर्दै घरेलु टोली एभर्टनले खेल बराबरीमा पु¥यायो । युनाइटेड प्रिमियर लिगका पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको छ ।

bournemouth-vs-liverpool

१४ खेलबाट २१ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ । २० अंकसहित एभर्टन आठौं स्थानमा छ । रातीका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट ३४ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । समान खेलबाट ३१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ भने ३०/३० अंक जोडेको लिभरपुल र म्यान्चेस्टर सिटी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन ।