धेरैलाई लाग्छ कि कुनैपनि फिल्म हिट हुन राम्री हिरोइन चाहिन्छ, चर्चित हिरो भएपुग्छ । तर फिल्म हिरो-हिरोइनको कारणले मात्र हिट हुदैन, कुनै फिल्मले बालकलाकारको कारण पनि बढी नै चर्चा बटुलेको बलिउडमा उदाहरण भेटिन्छ। तर सायद कमैलाई थाहा हुनसक्छ कि यी बालकलाकारले कति कमाउछन् भनेर ।

दर्शील सफारि : अमिर खानको फिल्म तारे जमिनलाई चर्चाको शिखरमा पुर्याउनुमा दर्शिल सफारिको पनि मुख्य भुमिका रहेको छ । २०१० मा सबैभन्दा बढि कमाउने बालकलाकार यिनै थिए । उनलाई फिल्मकोल लागि ५ लाखको चेक दिइएको थियो ।

यो पढ्नुस्: बलिउडमा यसरी फर्कदैछन् ‘तारे जमिन पर’का इशान, यस्ता भएका छन् उनी

हर्ष मेयर: फिल्म आइ एम कलाम का बाल कलाकार लाई चाईल्ड आर्टिस्टकोे लागी राष्ट्रिय पुरस्कार स्वरुप एक लाख ५० हजारले पुरस्कृत गरिएको थियो ।

यो पढ्नुस्: ‘द कपिल शर्मा शो’मा कति पाउँछन् कलाकारले पारिश्रमिक?

सारा अर्जुन: फिल्म जज्वामा सारा अर्जुन ऐश्वर्या की छोरी बनेकी थिइन् । यि सबैभन्दा महंगी बालकलाकार हुन । उक्त फिल्मबाट उनले निकै मोटो रकम लिएको बताइन्छ। थिइन् । अहिले सारा हलिउड फिल्मको तयारीमा छिन् ।

हर्षाली मल्होत्रा : फिल्म’ बजरंगी भाइजान’मा यदि हर्षाली हुने थिइनन् भने फिल्म सायद यति धेरै चल्ने थिएन होला । मुन्नीको भुमिकाबाट हर्षालीले १६ लाख रकम पाएकी थिइन् ।

दिव्या चालबाद :फिल्म रक्कि ह्याण्डसम कि यि बालीकाले प्रत्येक सुटबाट ४० हजार पाएकी थिइन् । फिल्मको सुटिङ लगभग ३० दिनसम्म चलेको थियो ।