विवाहलाई रितीरिवाज हैन आवश्यकता ठान्ने नायिकाहरु करिअर बनाउनमै व्यस्त छन्। आफ्नै मेहेनत र क्षमताले बलिउडमा राज पनि गरिनै रहेका छन्। अधिकांस नायिकाहरुमा विवाह पश्चात हुने कम स्वतन्त्रताकै कारणले बलिउडबाट हराउने प्रवृति पनि बढेको छ।

फिल्ममा विवाहित भुमिकामा खुसी नै देखिने बलिउडका कतिपय सफल नायिकाहरु वास्तविक जीवनमा भने अविवाहित नै खुसीछन्। फिल्मी विवाहमै सिमित यी बलिउडका केही अविवाहित नायिकाहरु को को छन्?

कंगना रनावट

kangana ranaut brideबलिउडकी ‘क्वीन’ कंगना रनावटलाई विवाहको कुनै इच्छा छैन। विवाह मानिसको इच्छाले हुने हो सामाजिक दबावले हैन भन्दै विवाह अहिल्यै नगर्ने कंगनाले सार्वजनिक कार्यक्रमै भन्दै आएकी छिन्।

कंगना र आदित्यको प्रेमबारे नयाँ खुलासा

सोनम कपुर

sonam kapoor brideडली का डोली फिल्ममा काम गरेकी सोनमले पनि डोलीमा उठ्ने सुर कसेकी छैनन। सुपरस्टार अनिलकैछोरी भएर मात्र बलिउडमा टिकेकी सोनमले बाबुले झै बलिउडमा छाप नै छोड्न भने सकेकी छैनन।

सोनम कपुरले सार्वजनिक गरिन् यस्तो तस्विर

श्रद्धा कपुर

shraddha kapoor brideआदित्य रोयसंग केही समयदेखी सम्बन्धमै रहेता पनि चाडै नै विवाह गर्ने सोचमा भने श्रद्धा नभएको बताइन्छ।

श्रद्धाको सबैभन्दा बोल्ड तस्विर (फोटो फिचर)

सोनाक्षी सिन्हा

sonakchi sinha brideलगभग सबैजस्तो फिल्ममा रातो साडिमा देखिने गरेकी सोनाक्षी एक्लै खुसी छिन्। अवसर, पारिवारिक संलग्नता अनि केही क्षमताकै कारण सोनाक्षीले बलिउडमा छुट्टै स्थान बनाएकी छिन्।

दबंग गर्ल, सोनाक्षी सिन्हा (फोटो फिचर)

आलिया भट्ट

alia bhaat cute‘हम्टी शर्माकी दुल्हनिया’ की आलियाले विवाह गर्ने कुनै सोच बनाएकी छैनन। बलिउडका थौरै समयमै निकै चर्चा बटुलेकी आलिया एक्लै खुसी छिन।

सबै भन्दा खोजिने आलियाका तस्विर (फोटो फिचर)

प्रियंका चोपडा

priyanka chopra bride

‘वक्त’, ‘सात खुन माफ’, ‘एतराज’ जस्ता फिल्महरुमा विवाहित भिमुकीमा देखिएपनि प्रियंका वास्तविक जीवनमा भने अविवाहित नै छिन्। मिस इण्डिया देखि नायिका अनि गायिकासम्मको यात्रापनि उनी एक्लै सफल छिन्।

प्रियंकाले पिटेको ढोल – फोटो फिचर

ज्याकलिन फर्नान्डिज

Jacqueline Fernandez brideविवाह अगाडी करिअर अगाडी बढाउन जरुरी छ भनि अविवाहित नै सफल हुदै छिन् ज्याकलिन फर्नान्डिज।

सलमानले गर्दा हिन्दी राम्रो भो : ज्याकलिन

आसिन

asin brideसाउथकी नायिका आमिर खानको ‘गजिनी’ बाट बलिउडमा उदाएकी थिइन। विवाहको लागि केही समय अझै कुर्नुपर्ने आसिनलाई कुनै हतार छैन।

आसिन फेरी बलिउडमा – (भिडियो र फोटो फिचर)

यामी गौतम

yami guptaखासै चर्चाको शिखरमा नभएपनि यामी गौतम बलिउडमा ठिक-ठाक चल्दै छिन्। अविवाहित नै रहेर यामी खुसी छिन्।

विपाशा बसु

bipasa basu brideजोन अब्राहमको सम्बन्ध जोनले विवाहमा हतार गरेको भन्दै विपाशाले तोडेकी थिइन्। विवाहको कुनै योजना अहिलेसम्म नबनाएकी विपाशा अविवाहित नै खुसी छिन्।