बलिउडकी सबैभन्दा सफल नायिकामा गनिने कंगना रनावटले भनिन, बलिउडमा महिलाहरुलाई गलत तरिकाले व्यवहार गरिन्छ। दुइवटा ‘नेशनल अवार्ड’ जित्ने कंगना बलिउडकी मंहगी नायिकामा पर्छिन। उनको नयाँ फिल्म ‘कट्टी बट्टी’ छिटै रिलिज हुने तरखरमा छ।

Kangana 1

एक अन्तर्वाताको शिलशिलामा कंगनाले बलिउडको यस्तो प्रथाको खुलासा गरेकी हुन। ‘सफल भएको मा खुसी छु तर यहाँ आइपुग्न लागेको मेहेनत थौरै थिएन। सफल भएपछि परिस्थिति बदलिन्छ तर ती मानिस भुल्न सकिदैन जसले आफुसंग गलत व्यवहार गरेका थिए’, कंगनाले ठुला नायिकाहरुलाई जस्तो व्यवहार गरिन्छ त्यस्तो भर्खर बलिउडमा पाइला टेक्न आएका नायिकाहरुलाई नगरिने बताउँछिन्।

बलिउडमा यस्तो घटना हुनु कुनै नौलो कुरा थिएन। तर एक सफल नायिकाले आफुलाई पनि यसरी गलत व्यवहार गरिएको थियो भन्दा बलिउडमा टिक्न कति गाह्रो हुन्छ भनि अड्कल काट्न सकिन्छ।

बलिउडमा व्यक्तिगत सम्बन्ध, व्यावसायिक सम्बन्ध, पैसा, प्रेम अनि दुःखकै कारण आत्महत्या गर्ने कलाकारहरु थौरै छैनन्। यस्तो परिस्थिति बावजुद पनि कंगना आफुलाई सफल बनाउन गरेको मेहेनतको कारण खुसी छिन्।

यो पनि पढ्नुहोस्।

जोडी नमिलेका ९ बलिउड सेलिब्रेटी दम्पति (फोटो फिचर)

१६ वर्षे जवानीबाटै फिल्ममा देखिएकी काजोल – फोटो फिचर