सेलिना जेट्ली लामो समय फिल्मी पर्दाबाट टाढा रहिन। बलिउडमा कमब्याकको लागि उनी अहिले ‘सिजन्स ग्रिटिङ्ग्स’ नामक फिल्मको सुटिङ गर्दैछन्। यीनै सेलिनाले फिल्मको इन्टिमेट सिन सुट गर्न एक फरक प्रयोग गरिन।

सम्भवत बलिउडको यो पहिलो फिल्म होला, जसको इन्टिमेट सिन सुटिङको समयमा एक महिला सुपरभाइजर उपस्थित थिइन। यो फिल्मको सुटिङ कलकत्तामा चल्दै छ। सेलिना जेटली र उनको को-स्टार अजहर खानको बीचमा चलेको अन्तरंग दृश्यको निगरानी गर्न सामाजिक अभियन्ता मनीषा बाषु सुटिङ स्थलमा थिइन।

View this post on Instagram

FIRST LOOK: Coming soon, my #film SEASONS GREETINGS a tribute to to RITUPARNO GHOSH by acclaimed writer & director @ramkamalmukherjee .. (Celina Jaitly & Azhar Khan) (#producer ) @amppvtltd @imaritrads @singer.kshailendra @mukherjeesarbani Thank you: @royupala @middayindia @thetimesofindia @hindustantimes @calcuttatimes @forpriyankadasgupta for the wonderful coverage : https://www.mid-day.com/articles/celina-jaitly-felt-comfortable-with-an-intimacy-supervisor-on-set/411388 https://timesofindia.indiatimes.com/entertainment/bengali/movies/news/celina-jaitlys-seasons-greetings-becomes-indias-first-film-to-hire-intimacy-supervisor-post-metoo-wave/articleshow/68418968.cms https://twitter.com/rishabhsuri02/status/1106438037913796608?s=21 #bollywood #bollywoodhot #films #cinema #beautyqueen #pressrelease #c #celina #celinajaitlyday #ramkamalmukherjee #celinajaitlyofficial #celinajaitly #seasonsgreetings

A post shared by Celina Jaitly (@celinajaitlyofficial) on

किन?


एक मिडियालाई दिएको अन्तर्वार्तामा सेलीनाले भनेकी थिइन की उनले यो आइडिया फिल्मका निर्देशक रामकमल मुखर्जीलाई सुनाइन। निर्देशकले ओके भनेपछि सुटिङ स्थलमा सुपरभाइजर बोलाइयो।

सेलिनालाई पनि यो आइडिया अर्को एक अन्तर्वार्ताको क्रममा सुझेको थियो। पत्रकारले सोधे ‘हलिउड फिल्मको सुटिङको क्रममा इन्टिमेसी सुपरभाइजर राखिन्छ, यसमा तपाईको विचार के छ?’ सेलिना भन्छिन्, यो प्रश्नले उनलाई यसबारेमा सोच्न बाध्य पार्यो

लगतै उनले आफ्नो फिल्मको निर्देशकसंग कुरा गरिन। निर्देशकले पनि यो कुरा माने। सेलिनाको लागि इन्टिमेट सिन कुनै नौलो होइन, तर उनी भन्छिन्, सुपरभाइरज उपस्थित हुँदा सुटिङ सहज भयो।