२१ पुस, एजेन्सी।

बलिउडका चर्चित कलाकार ओम पुरिको ६६ वर्षको उमेरमा निधन भएको छ। शुक्रबार उनी मुम्बइ स्थित आफ्नै घरमा मृत फेला परेको उनको परिवारले पुष्टि गरेको छ।om-puri-9569210

मिडिया रिपोर्ट अनुसार उनको मृत्यु ह्दयघातको कारण हुनसक्ने बताइएको छ।

उनको शब कुपर अस्पतालमा पोस्टमोर्टमको लागि लगिएको छ। यसपश्चात उनको अन्त्यष्टी हुनेछ।

ओम पुरिले धेरै बलिउड मेनस्ट्रिमका फिल्म अनि अन्य आर्ट फिल्ममा अभिनय गरेका छन्। उनलाई ब्रिटिस फिल्म ‘जेवल इन द क्राउन’ र ‘सिटी अफ जोए’मा पनि देख्न सकिन्छ। ओम पुरि भारतको चौथो ठूलो नागरिक सम्मान पद्म श्रीबाट सम्मानित भएका थिए।