एजेन्सी । संसारमा सबैभन्दा अनमोल सम्बन्ध आमा–सन्तानबीचको हुन्छ । बलिउडमा यस्ता धेरै कलाकार छन्, जो आमालाई प्राणभन्दा बढी माया गर्छन् । यद्यपी, यसमा पनि कोही आमा यस्ता छन्, जो सौतनी भएपनि सन्तानलाई अत्यन्तै माया दिएका छन । त्यस्ता आमा जसलाई सन्तानले जन्मदिने आमा जत्तिकै वा त्योभन्दा बढी माया गर्छन्, त्यस्ता कलाकारको बारेमा जान्नुहोस् ।

सलमान खान र हेलेन – त्यसो त ह्यान्डसम अभिनेता सलमान खान सलमा खान र सलीम खानका छोरा हुन्, तर सलमान आफ्नी सौतनी आमा हेलेनलाई पनि त्यति नै माया गर्छन् । आफ्नी आमा सलमालाई जस्तै सौतेनी आमा हेलेनलाई पनि माया गर्छन् ।

सारा अली खान र करिना कपूर – सारा सैफअली खान र पूर्वपत्नी अमृता सिंहकी छोरी हुन्, तर साराको आफ्नी कान्छीआमासँग निक्कै गहिरो सम्बन्ध रहेको छ । करिना खाली सारासँग घुलमिल हुने मात्रै होइन, उनको भविष्यप्रति पनि चिन्ता गर्छिन् र सल्लाह सुझाव पनि दिइरहन्छिन् । दुवैमा आमा–छोरीभन्दा पनि साथी जस्तै प्रेम छ ।

फरहान अख्तर र शबाना आजमी – फरहान जावेद अख्तर र हनी ईरानीका छोरा हुन् । तर, फरहान आफ्नी आमा र सौतेनी आमा शबाना आजमीबीच केही फरक गर्दैनन् ।

शाहिद कपूर र सुप्रिया पाठक – पंकज कपूर र नीलिमा अजीमका छोरा साहिद कपूर पनि आफ्नी सौतेनी आमा सुप्रियालाई निक्कै माया गर्छन् । शाहिद सुप्रियाको निक्कै नजिक छन् । शाहिद र मीराको विवाहमा सुप्रियाले महत्वपूर्ण भूमिका निभाएकी थिइन् ।

जुनैद र किरण राव – अभिनेता आमिर खानका छोरा जुनैद पनि आफ्नी सौतेनी आमा किरण रावको निक्कै नजिक छन् । दुवैलाई धेरै पटक सार्वजनिक कायक्रममा देखिएको छ ।

यो पढ्नुस्

ऋतिक रोशनसंग चार हजार करोडको सम्पति ?

सलमानलाई ‘आत्महत्या’ गर्न मन लाग्ने रोग

सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य

सेफ र करिनाका छोरा यसरकारण बन्न सक्दैनन् ५००० करोड सम्पतिको हकदार