बलिउडमा समय समयमा फिल्मी दृष्य तथा पोष्टरले चलचित्रले भन्दा बढी हंगामा गर्छन् । कतिपय फिल्मका दृष्य त सेन्सर बोर्डले काटेर फाल्न निर्देशन समेत दिन्छ । तर त्यस्तै पोष्टरलाई भने बोर्डले केही गर्न सक्दैन ।

यहाँ त्यस्तै बोर्डले छुन नसकेका तर बलिउड हल्लाएका १० चलचित्रका पोष्टरको चर्चा गरिएको छ ।

Bollywood Controversial posters (1)


१ हन्टर

हालै मात्र रिलिज भएको बलिउड चलचित्र हन्टर यस्को कथाबस्तु भन्दा पनि पोष्टरका कारण चर्चामा छ । यो चलचित्रमा सेक्स एडिक्टको भूमिकामा रहेका गुल्शन देभाइया आफ्ना मुख्य तीन महिला साथीहरुसँग पोष्टरमा देखिन्छन् तर उनीहरु एक केरा भित्र छन् । यो पोष्टरले यतिबेला बलिउड तताइरहेको छ ।

Bollywood Controversial posters (11)

२ पीके

आमिर खानको चलचित्र पीकेले पनि बलिउडमा हंगामा गर्‍यो । अहिले सम्मकै सबै भन्दा बढी कमाएको यो चलचित्रको पोष्टरमा आमिर खानको नग्नताले हंगामा नै गरेको थियो ।

Bollywood Controversial posters (2)

३ जिस्म २

यो चलचित्रमा एक नग्न युवतीको तस्विर रहेको पोष्टरले बलिउडमा निक्कै चर्चा पायो । पछि यो पोष्टर हटाउनु परेको थियो ।

Bollywood Controversial posters (3)

४ कुर्वान

करिना कपुरले नग्न पिठ्यूँ देखाएको पोष्टर सार्वजनिक भएपछि यो चलचित्रले भन्दा बढी पोष्टरले हंगामा गरेको थियो ।

Bollywood Controversial posters (4)

५ गुजारिश
यो चलचित्रमा ऐश्वर्या रायले चुरोट पिएको दृष्यले बलिउड तताएको थियो । भारतमा महिलाले चुरोट पिउने कुरलाई सामान्य मानिँदैन यस्को प्रभाव चलचित्रको पोष्टरले पनि देखाएको थियो ।

Bollywood Controversial posters (5)

६ हेट स्टोरी
यो चलचित्रमा बंगाली अभिनेत्री पाओली डामले नग्न पिठ्यू देखाएको पोष्टरले निक्कै हंगामा गर्‍यो ।

Bollywood Controversial posters (6)

७ एक छोटीसी लभ स्टोरी

यो फिल्ममा महिलाको शरीरलाई गलत तरिकाले देखाइएको भन्दै हंगामा भएको थियो ।

Bollywood Controversial posters (7)

८ जुली

जुली नामक चलचित्रमा नेहा धुपियाको नग्न तस्विरले निक्कै चर्चा पायो । उनको नग्न शरीरमा विभिन्न अक्षर समेत लेखिएका थिए ।

Bollywood Controversial posters (8)

९ रागनी एमएमएस

यो चलचित्रमा अभिनेता र अभिनेत्रीको शारीरिक अवस्थिति जुन तरिकाले देखाइएको थियो त्यसले निक्कै हंगामा गरेको थियो । राजकुमार राओ र काइनाज मोतिवाला अभिनित चलचित्रको पोष्टर चलचित्र भन्दा बढी चर्चित रह्यो ।

Bollywood Controversial posters (9)

१० राम तेरी गंगा माइली
यो चलचित्रमा मन्दाकिनीको शरीर जति कुनै पनि कुरा विकेन भन्छन् विश्लेषकहरु । पुरानो भएपनि यो चलचित्रको पोष्टर निक्कै विवादमा परेको थियो ।

Bollywood Controversial posters (10)