२ साउन, काठमाडौं ।

आईसीसी एसिया विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

निर्धारित ५० ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २९ ओभरमा सबै विकेट गुमाई मात्र ७३ रन बनाउन सकेको थियो । कप्तान सन्दिप लामिछानेले ५ , शाहब आलमले ३ तथा किशोर महतोले २ विकेट हात पारेपछि सिंगापुर जमेर व्याटिङ गर्न सकेन ।

जवाफमा ७४ रनको लक्ष पछ्याएको नेपालले १७.३ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष पुरा गर्यो । खराब ब्याटिंग गरेको नेपालको लागि प्रनित थापाले सर्बाधिक २३ रन बनाएका थिए भने अनिल साहले १९ रन योगदान दिए । रोहित पौडेल र पवन सर्राफले क्रमशः अविजित ११ र ४ रन बनाउदै नेपाललाई जितसम्म पुर्याउन सफल भए ।

नेपालले प्रतियोगिता अन्तर्गत दोश्रो खेल भोलि मलेसियाको समना गर्नेछ ।
हेर्नुस आगामी खेलको तालिका: