लगातार हिट फिल्म दिने बलिउड कलाकार पनि अहिलेसम्म १० करोड भारु भन्दा बढी पारिश्रमिक माग्नसक्ने भएका छैनन्। एकताका कंगना रनावटले एउटै फिल्मबाट ११ करोड भारु लिएको चर्चा चलेको थियो, जुन पछि झुठो निस्कियो। एक समय थियो जब कंगना केबल ४०-६० लाख भारुमा काम गर्थिन।

सन् २०११ मा चिराग पासवानको साथमा रिलिज भएको ‘मिले ना मिले हम’ मा उनले सवा करोड भारुमा काम गरिन। फेरी २०१३ मा आएको ‘रज्जो’ मा उनले ३.२५ करोड भारु पारिश्रमिक पाइन।Kangana 1

त्यस पश्चात उनको पारिश्रमिक ३-४ करोड भारुको वरिपरि नै रह्यो। यहि पारिश्रमिकको साथ उनी सैफ र शाहिदसंग ‘रंगुन’ सुटिङमा व्यस्त छिन्। यो फिल्म पछि सायद उनको पारिश्रमिक ५ करोड भारुको हाराहारी पुग्ने अनुमान लगाइन्छ।

सबैभन्दा बढी पारिश्रमिक लिने बलिउडका ८ कलाकार आमिर खान, शाहरुख खान, सलमान खान, रणबीर कपूर, ऋतिक रोशन, अजय देवगन, अक्षय कुमार र अमिताभ बच्चन बाहेक अन्यले बढीमा १०-१२ करोड पारिश्रमिक पाउँछन्।

john abraham coat ‘वेलकम ब्याक’ को लागि जोन अब्राहमले ११ करोड भारु र ‘हेराफेरी ३’ को लागि १८ करोड भारु लिएका छन्। यी दुवैमा पहिले अक्षय कुमारले भुमिका निभाएका थिए। यी फिल्मभन्दा पहिले जोनले १० करोड भन्दा कम पारिश्रमिक लिन्थे।

Deepika padokone cute and hot (1)महिला नै मुख्य पात्र भएको फिल्ममा पनि नायिकाहरु ५ करोड भारु बन्दा कम पारिश्रमिकमै सिमित छन्। ‘पीकू’ फिल्मको लागि दीपिका पादुकोणले लिएको ८ करोड भारु नै नायिकाहरुले पाएको सबैभन्दा बढी पारिश्रमिक हो। संजय लीला भन्सालीको रिलिज हुन बाँकी फिल्म ‘बाजीराव मस्तानी’ को लागि उनलाई ५-६ करोड भारु दिइएको बताइन्छ। उनी बाहेक करीना कपूर पनि सर्वाधिक पारिश्रमिक लिने नायिकामा पर्छिन। मधुर भन्डारकरको फिल्म ‘हिरोइन’ को लागि उनले पनि ८ करोड भारु लिएकी थिइन।

‘हेरा फेरी ३’ मा जोन अब्राहम संगै दोस्रो मुख्य भुमिका निभाउने अभिषेक बच्चनले १२ करोड भारु लिएका छन्। जबकी रिलिज भइसकेको ‘अल इज वेल’ मा अभिषेकले मात्र ४ करोड भारु पारिश्रमिक पाएका थिए।

ranveer-singh junga

‘रामलीला’ फिल्मको लागि केवल ४ करोड भारुमा काम गरेका रणवीर सिंहले ‘दिल धडकने दो’ आफ्नो पारिश्रमिक ७ करोड भारु पुर्याएका थिए। त्यस्तै उनले ‘बाजीराव मस्तानी’ मा ८ करोड भारुमा काम गरेका थिए। यो फिल्मले राम्रो व्यापार गरे उनले अझै आफ्नो पारिश्रमिक बढाउन सक्छन।

‘हैदर’ फिल्मको सफलता पछि शाहिद कपुरले ‘शानदार’ मा ८ करोड भारुमा काम गरेका छन्। अब खेल्ने फिल्ममा पक्कै पनि १-२ करोड भारु बढाउँछन्। अझ फिल्म विशाल भारद्वाजको भएमा ३-४ पारिश्रमिक वा फिल्मको मुनाफामा भागिदार हुनेछन्।

‘एक भिलेन’ फिल्मको लागि ४ करोड अनि ‘ब्रदर्स’ को लागि ५ करोड भारु पारिश्रमिक लिएका सिद्धार्थ मल्होत्राले अब खल्ने फिल्मको लागि ८ करोड भारु तोकेका छन्। तर करन जोहरको फिल्म भएमा कम पारिश्रमिक लिने बताइन्छ।

वरुण धवनले ‘एबीसीडी २’ मा ४ करोड भारु पारिश्रमिक लिएका थिए। ‘ढिशुम’ को लागि उनले ७ करोड भारु लिएका छन्। अबको फिल्मको लागि उनले बजारमा १२ करोड भारुको माग राखिसकेका छन्।saif-ali-khan‘बुलेट राजा’ र ‘हमशकल्स’ मा १८ करोड भारु पारिश्रमिक लिएका सैफ अली खान अहिले भने ६ करोड ८ करोड भारु पारिश्रमिक अनि मुनाफाबाट केही भाग लिने गरेका छन्।

‘राज ३’ मा ३ करोड भारु लिएका इमरान हाशमीले करन जोहरको फिल्म ‘उंगली’ र युटीवीको ‘घनचक्कर’ मा सर्वाधिक ८ करोड भारु लिएका छन्।
arjun-kapoorअर्जुन कपूरले ‘टु स्टेट्स’ मा ४ करोड भारु पारिश्रमिक लिएका थिए। पछिल्लो फिल्म ‘तेवरमा’ ५ करोड भारु लिए। अहिले करिना कपुरसंग ‘की एन्ड का’ मा पनि ५ करोडमै काम गर्दैछन् अर्जुन।

सुपर हिट बनेको ‘आशिकी-२’ को लागि आदित्य कपूरले केवल ७५ लाख भारुमा काम गरेका थए। अहिले अभिषेक कपूरको साथ ‘फितुर’ मा ३ करोड भारु पारिश्रमिकमा काम गर्दै छन्।

यो पनि पढ्नुहोस्।

४ महिना पछि २००० करोड कमाउने ११ बलिउड फिल्म