बलिउड सुपर स्टार शाहरुख खानको अन्तिम फिल्म थियो ‘हिरो’। सुपर फ्लप। यसले निराश बनेका शाहरुख लामो समय कामबाट टाढा बसे। अहिले बल्ल उनी सुटिङको लागि फर्किएको खबर छ।

उनको टिभी श्रिङ्खलाको सुटिङको लागि उनी तातेका हुन। अबको १२ दिनसम्म उनी यही शोको लागि सुटिङमा व्यस्त हुनेछन्। शाहरुखले यो शोको पहिलेका भागहरुमा पनि मोटिभेशनल स्पीच दिएका थिए। यो ‘टेड टक्स इन्डिया सिजन २’ मा पनि उनले आफ्नो प्रस्तुति दिने भएका हुन। ‘अब नही तो कब?’ शीर्षकमा उनले स्पीच दिइरहेको सुटिङको तस्विर इन्स्टाग्राममा सेयर भएको छ।

शाहरुखको मनमा जागेन फिल्म खेल्ने इच्छा !

हुन त ‘जिरो’ फिल्म पश्चात शाहरुखले राकेश शर्माको बायोपिक ‘सारे जमि से अच्छा’को सुटिङ सुरु गर्नु पर्ने थियो। तर उनले यसमा काम नै नगर्ने सोच गरे। त्यसपछ संजय लिला भन्सालीको ‘डन ३’ पनि शाहरुखले गर्ने भन्ने चर्चा पनि त्यसै सेलायो। शाहरुखले अहिले काम नगर्ने र परिवारसंग समय बिताउने भन्दै यी प्रोजेक्टहरुलाई पाखा लगाएका थिए।

जे होस् ठूलो पर्दामा नआएपनि शाहरुख सानो पर्दामा देखिने भने पक्का भएको छ।