२७ कात्तिक, कपिलवस्तु । जापानी पर्यटक बोकेको भारतीय गाडीले ठक्कर दिँदा आज एक भारतीयको मृत्यु भएको छ ।

पर्यटक बोकेर लुम्बिनीबाट तिलौराकोट आउँदै गरेको युपी ६५ विटी ९७९७ नंको भारतीय बसले मायादेवी गाउँपालिका–६ डुमरा नजिकै ठक्कर दिँदा भारत घर भई नेपाल ससुराली आएका २८ वर्षीय अकलेश कवारको मृत्यु भएको हो ।

ससुराली घरबाट बाहिर निस्कने क्रममा बसको ठक्करबाट गम्भीर घाइते कवारको लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।