३ मंसिर, रौतहट ।
गौर चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत रौतहटको गरुडा नगरपालिकामा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

रौतहटको कनकपुरबाट गौर तर्फ आउदै गरेका ग.१ख. ६६२४ नम्वरको यात्रुबाहक बसमा विपरित दिशातर्फ गइरहेका विआर ३० एन ५१९५ नम्वरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार देवाही गोनाही नपा ९ धरहरीका मुन्निलाल मिश्रा र माधवनारायण नपा ३ सखुअवाका रामप्रकाश यादवको घटना स्थलमै मृत्यु भएको प्रहरी श्रोतबाट बुझिएको छ । मोटरसाइकल सवार दुवै जना चन्द्रनिगाहपुर तर्फ जाने क्रममा इलाका प्रहरी कार्यालय गरुडा भन्दा १५० मिटर उत्तर गौर चन्द्रपुर सडक खण्डमा दुर्घटनामा परेका हुन ।

ठक्कर दिने बसका चालक राकेश साहलाई प्रहरीले इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।