१२ असार, झापा । झापाको शिवसताक्षीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी १० स्थित माईपुलमा भएको दुर्घटनामा शिवसताक्षी ७ का ३२ वर्षीय विजय लावतीको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ७ प २३२९ नम्बरको स्कुटर ओभरटेक गर्ने क्रममा बिपरित दिशा तर्फकोे को १ ख ३९१४ नम्बरको बससंग ठोक्किएर दुर्घटना भएको हो ।