हेटौंडा, १ चैत । मकवानपुरको ज्यामिरेमा बस्ती नजिकै अजिंगर फेला परेको छ । मध्यवर्ती क्षेत्रबाट ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र प्रवेश गरेको अजिंगरलाई समातिएको ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु बिष्णु गिरीले जानकारी दिए ।


समातिएको अजिंगरलाई ज्यामिर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा छाडिएको गिरीले बताए । गर्मी बढेसँगै पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रबाट मध्यवर्ती क्षेत्र हुँदै महाभारत पहाडसँग जोडिएका बस्तीमा वन्यजन्तु छिर्न थालेका हुन् ।

मनहरी गाउँपालिका वडा नं ६, ७, ८ र ९ का बस्तीमा बाघ, निगाले चितुवा, मृग लगायतका वन्यजन्तु पस्ने क्रम बढ्दो रहेको स्थानीयको भनाई छ ।