२४ असोज, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ११ जना गम्भिर घाईते भएका छन् । काठमाण्डौबाट धनगढी तर्फ जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको बस अनियन्त्रित भई बाकेको राप्ती सोनारी गाउपालिका १ लौकी खोलामा बिहान साढे १० बजे दुर्घटना भएको हो ।

बस सडकबाट झण्डै १५ फिट तल खोलामा खसेर दुर्घटना भएको हो । मृतक र घाइतेहरु कसैको पनि परिचय खुल्न सकेको छैन । मृत्यु हुनेमा एक महिला र एक पुरुष रहेको इलाका प्रहरी कार्यालय अमीलियाले जनाएको छ ।