२९ असार, काठमाडौं । धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं.–१४ को मुजेलिया स्थित बाबा पेट्रोल पम्प नजिकै स्कुल बस र स्कारपियो ठोकिदा एक जनाको मृत्यु भएको छ ।

९ जना घाईते भएका छन् । जनकपुर–ढल्केवर सडक खण्डमा ना १ प ४८०५ नम्बरको मोनाष्टिक स्कुलको बस र जनकपुरबाट गईरहेको को १ च ८५१७ नम्बरको स्कर्पियो जीप एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा सिरहाको लहान नगरपालिका वडा नं. १२ बस्ने ४० वर्षकी ललिता चौधरीको घटनास्थलमै मृत्यू भएको हो । दुर्घटनामा एमालेका पूर्व सांसद वर्ष ३० की सरिता देवी चौधरी अर्का ३० वर्षिया हरेराम यादव, ३५ वर्षिया मणि कामत, सागर देवी चौधरी, रामरती महरा र स्कारपियो चालक ३५ वर्षिया दिलिप चौधरीको हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेकोले थप उपचारको लागि विराटनगर न्यूरो अस्पतालमा रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरीले जानकारी दिए ।