२९ भदौ, काठमाडौ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ७ मा बस दुर्घटना हुँदा ९ यात्रु घाइते भएका छन् ।

काठमाडौबाट भैरहवा जाँदै गरेको लु१ज ३१५० नम्बरको माइक्रोबस र बुटवलबाट काठमाडौ आउँदै गरेको लु१ज २७६१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्एिका हुन् ।

घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा बुटवल घर भएका चालक सूर्य आले मगर र पाल्पा घर भएका सुरेश रानाको थप उपचारका लागि काठमाडौ पठाइएको इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताएका छन् ।