१५ कात्तिक, पर्वत ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ छमर्के स्थित घुम्तीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । मंगलबार साँझ पौने ६ बजे कुश्माबाट बागलुङतर्फ जाँदै गरेको बसमा ठोक्किएर स्कुटर चालक जलजला गाउँपालिका वडा नं. ९ बनौँ घर भई कुश्मा नगरपालिका वडा नं. ४ छमर्के बस्ने ३३ बर्षिय धनबीर पुनको मृत्यू भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा तर्फ आउँदै गरेको ध १ प ६५८६ नम्बरको स्कुटर ग १ ख ५७८० नम्बरको बसमा ठोक्किएर स्कुटर चालक पुनको मृत्यु भएको हो । ट्राफिक प्रमुख महेन्द्र रानाभाटले तिबै गतीमा स्कुटर गुडेका कारण उपचारको क्रममा घाईतको मृत्यु भएको हो ।

घाईते भएका पुनलाई प्रहरीको भ्यानले उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याएको भएपनि उपचारको केही समयमा नै उनको मृत्यू भएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वत मा राखीएको छ ।

घट्नाको अनुषन्धानको लागि बस र बसका चालक मकवानपुर हेटौँडा नगरपालिका वडा नं. १५ का २७ बर्षिय काजीमान पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ ।