१८ फागुन, स्याङ्जा । रस्याङ्जामा भने स्थानीय जातको बाख्रीले एकै बेतमा ६ ओटा पाठापाठी जन्माएर चकित पारिदिएको छ।
स्याङ्जाको स्वरेक गाविस ७ सालथुम्कास्थित मसिना थापाको घरमा पालिएको स्थानीय जातको बाख्राले एकै बेतमा ४ ओटा पाठा र २ ओठा पाठी जन्माएको हो । बाख्रीले ६ वटा पाठापाठी जम्माए पनि एउटा पाठी मरेको छ भने बाँचेक अन्य पनि स्वस्थ रहेका छन् । विरलैरुपमा यस्तो अवस्था देखा पर्ने भएकाले पाठापाठी हेर्न जानेहरुको भिड लागेको छ । अघिल्ला वर्षहरुमा भने उक्त बाख्रीले बढिमा ३ ओटा सम्म पाठापाठी जन्माएको थियो ।