१३ भदौ, बागलुङ ।

७ प्रदेशको सिमाङकनका आधारमा पनि बागलुङ विभाजित भएपछि बागलुङमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले ८ दिन देखि आह्वान गरेको आन्दोलन चर्किन थालेको छ । संघियताको नाममा बागलुङ जिल्लालाई टुक्राउन खोजिएको भन्दै जिल्लाबासीहरु आन्दोलनमा उत्रिएका छन् ।

हजारौको संख्यामा दैनिक जिल्लाबासीले विरोध गरिरहेका छन् । सिङ्गो बागलुङलाई नजोड्दा सम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीले बताएका छन् ।बागलुङका सभाषद् सहितका टोलीलाई प्रधानमन्त्री सुशील कोइरलाले जिल्ला नटुक्राउने आश्वासन दिए पनि नितीगत रुपमा निर्यण नभएसम्म आन्दोलन जारी रहने बागलुङ बचाउ संघर्ष समितिका संयोजक बसन्तकुमार श्रेष्ठले बताए ।

Baglung Birodh (2)

यहि भाद्र १७ गते जिल्लाका १ लाख जनतालाई सडकमा उतार्ने पनि श्रेष्ठले बताए । बगलुङको ढोरपाटन क्षेत्र र उत्तरगंगा जलविद्युतलाई लक्षित गरि भुमाफिया र जलमाफियाको षड्यन्त्रमा जिल्ला टुक्रिएको हुदा सो निर्यण नसच्चीएसम्म बागलुङ बन्द जारी रहने श्रेष्ठले बताए । संघिय सिमाङकन गर्दा बागलुङमा अहिले भैरहेको विरोधले हिंसात्मक रुप लिन सक्ने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

ज्यान गुमाउनै परे पनि गुमाउला भन्दै आन्दोलनमा उत्रिएका संघ संस्थाले बागलुङ टुक्राउन पाइदैन, दाङ हामी गइदैन विखण्डनकारी होसीयार लगायतका नाराहरु लगाउदै अखण्ड बागलुङको माग गरेका छन् । बागलुङको पश्चिम क्षेत्र गलकोट, खर्वाङ, वरेङ र वुर्तिवाङ वाजारमा समेत दिनहुँ प्रर्दशन भैरहेको छ । टुक्रिएको बागलुङलाई एकताबद्ध बनाउनका लागी सबै बागलुङबासी एक भएर लाग्नुपर्ने भन्दै अहिलेको आन्दोलन प्रभावकारी नदेखिए अन्य दबाबमुलक कार्यक्रम सार्वजनिक गर्ने पनि बागलुङबासीले चेतावनी दिएका छन् ।

आन्दोलन चर्किदै गएपछि बागलुङका सबै शिक्षण संस्था, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय बन्द भएका छन् । पहिचान र सामथ्र्य दुबै सिद्वान्त बिपरीत बागलुङलाइ सिमित व्यक्तिको स्वार्थमा खण्डीकरण गरीएको आफँहरुलाई कदापी मान्य नहुने स्थानीयको भनाइ रहेको छ । बन्दका कारण सर्वसाधारणले सास्ती खेप्नु परेको छ भने जिल्लामा उत्पादन भएका कृषि उपजहरु विक्रि गर्न नपाउदा कृषकहरु समस्यामा परेका छन् ।