सिरहा, २ भदौ ।

सिरहाको सिमाबर्ती औरही गाउँपालिका ५ मा बाढीबाट प्रभावित ६२ जना झाडापखाला लागेर बिरामी परेका छन् । बिरयानीमध्ये अधिकांश बालबालिका छन् ।

गागन नदीमा आएको बाढी गाउँ पसेपछि मुसहर, सदाय, यादब र पासवान बस्ती डुबानमा परेका थिए । बाढीबाट प्रभावित उनीहरू फोहोर पानी र खाना खाएका कारण झाडापखालाबाट ग्रसित बनेका छन् ।

बिरामी परेको सबैको उपचार प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा भर्ना भएका छन् । औरहीमा स्वच्छ खानेपानीको अभाब रहेकोले झाडापखालाको माहामारी फैल्न सक्छ भनेर स्थानीयले स्वास्थ्य शिविर बाढी प्रभावित क्षेत्रमा संचालन गर्न माग गरेका थिए ।

तर जिल्ला स्वास्थ्य कार्यालय सिरहाले बेवास्ता गर्दा झाडापखाला फैलिएको छ । स्वास्थ्य कार्यालयले बाढी प्रभावित कल्याणपुर, ईटारी प्रसाही लगायतका केहि ठाउमा मात्र स्वास्थ्य शिविर संचालन गरेको छ ।

अधिकांश ग्रामीण क्षेत्रका बाढी प्रभावित गाउँमा स्वास्थ्य शिविर संचालन नगर्दा बिरामी पर्नेहरूको संख्या बढ्न थालेका छन् ।