२७ साउन, रौतहट ।

गाउँमा बाढी पसेपछि रौटहटमा दुई सयभन्दा बढी सर्वसाधारण एउटा घरमा फसेका छन् । बाढी आएको र पानीको वहाब निकै बढेपछि सुरक्षित स्थानमा जान लागेका उनीहरु तीन तले एक घरको छतमा रहेका छन ।

पानीको सतह निरन्तर बढी रहेको र बहाव बढी भएका कारण उद्धारमा समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घरको छतमा रहेका उनीहरुको तत्काल उद्धार नगरिए अवस्था भयावह हुने भन्दै जिल्ला प्रशासनले गृहमन्त्रालयलाई जानकारी गराएको छ । गृहसँग हेलिकप्टरमार्फत उद्धार गर्न आग्रह गरिएपनि पानी परिरहेको कारण र मौसमका कारण समस्या आउने सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लालबकैया नदीले तटवन्ध फुटेपछि उक्त स्थानमा पानीको बहाव बढेको छ । अन्य स्थानमा पनि पाँच फिटभन्दा धेरै पानी जमेको छ जसका कारण पैदल हिड्न समस्या परेको छ भने पानीको बहाव धेरै भएका कारण ढुंगामा पनि यात्रा गर्न सकिने अवस्था नरहेको रौतहट प्रहरीले जनाएको छ ।

बाढी र डुवान पीडितको उद्धारका लागि यसअघि नेपाली सेना र जनपद प्रहरीमात्र खटाइएकोमा अब भने सेनालाई पनि खटाइएको छ ।