२९ साउन, काठमाडौं ।

निरन्तरको बाढी पहिरोबाट पीडित बनेकाहरुका लागि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले ठूलै राहातको घोषणा गरेको छ ।

आकस्मिक रुपमा बोलाइएको कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बाढी र पहिरोबाट पीडितहरुका लागि हरेक सांसदले एक महिनाको तलव राहातको रुपमा दिने निर्णय गरेको हो ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले आफ्नो पार्टीका सबै सांसदले बाढी पीडितका लागि एक महिनाको तलव दिने निर्णय गरेको हो । कांग्रेसका २०७ जना सांसद छन् । बैठकले पीडितको उद्धार र राहतलाई प्रभावकारी बनाउन पनि सरकारलाई
आग्रह गरेको छ ।