२८ साउन, काठमाडौं । हिजोदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरोमा परि अहिलेसम्म ३० जना भन्दा बढिको मृत्यु भएको छ ।

४ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयका अनुसार सुनसरी, सर्लाही, सिन्धुली, पाँचथर, झापा, बाँके, दाङ, मोरङ, बारा, पाल्पा लगायतका जिल्लामा बाढि र पहिरोमा परि ३० जनाको मृत्यु भएको हो ।

सुनसरीमा ७, मोरङमा ४, सिन्धुलीमा ४, पाँचथरमा ३, झापामा २, बाँकेमा ३, बारा, दाङ र सर्लाहीमा एक/एकजनाको मृत्यु भएको र अन्य ठाउँहरुको विवरण आउने क्रम जारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

मनसुन सकृय रहेकाले बाढि र पहिरोको जोखिम उच्च रहेको भन्दै मृतकको संख्या अझै बढ्न सक्ने गृह मन्त्रायलले जनाएको छ । पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बाढीले बगाएको छ ।

गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृह मन्त्रालयले जनाएको छ ।