१५ चैत, काठमाडौं ।

सत्तामा पुग्ने होडवाजीले पार्टी विभाजनमा रमाएका मधेस केन्द्रीत दलहरु एउटै पार्टी निर्माण गर्ने गृहकार्यमा जुटेका छन् । संविधानका विरुद्ध मोर्चाबन्दी गरेका मधेसवादी सात राजनीतिक घटकमा रहेका साना पार्टी एकता गर्ने निष्कर्षमा पुगेका छन् ।

यो पढ्नुस्: चर्चित पार्टीहरु फुटेर भोली दुई नयाँ पार्टी जन्मदै

साना पार्टीहरुको प्रभाव पनि मधेसमा कमजोर नै छ । मन्त्री खानको लागि पार्टी विभाजन गर्दै आएका मधेसी दलहरुबीच संविधानको विरोध गर्ने क्रममा एकै ठाउँमा उभिएका छन् ।

मोर्चामा आबद्ध भएपनि एकले अर्कोको अस्थित्व स्वीकार नगर्दा पटक–पटक विवादमा रुमलिदै आएका छन् । संविधानको विरुद्ध सुरु भएको आन्दोलनको क्रममै पनि मधेसी मोर्चा र संघीय गठबन्धन अस्तित्वमा छन् ।

यो पढ्नुस्: ९ महिनामै फुट्यो बाबुरामको नयाँ शक्ति पार्टी

तर दुवैलाई एउटै बनाएर जान दुई पक्ष तयार छैनन् । गठबन्धनको नेतृत्व संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका छन् भने मोर्चाको नेतृत्व तमलोपाका अध्यक्ष महन्थ ठाकुरले गरेका छन् ।
कुनै पनि निर्णय गर्नको लागि मोर्चा र गठबन्धनको छुट्टाछुट्टै बैठक बस्ने गरेको छ । मधेसी जनता मधेस केन्द्रीत दलहरु एकताबद्ध हुने चाहना राखेपनि सात दल मिलेरै अगाडि जाने अवस्थामा छैनन् ।

३ प्रतिशत थ्रेसहोल्डको प्रावधान राखेपछि मधेस केन्द्रीत साना दल पार्टी एकताको लागि हतारिएका छन् । तर सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले पार्टी एकताको विषयमा खुलेर बोल्न चाहेनन ।

उनले नेपालीहेडलाइन्ससँग भने,‘मिल्दा राम्रै हो तर हेरौं के हुन्छ ?’

पार्टी एकता गर्नुको विकल्प छैनः यादव

मधेसी मोर्चामा आबद्ध एक घटक मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी मोर्चामा आवद्ध दलहरुबीच मिल्नुको विकल्प नभएको बताए ।

उनले भने, ‘मधेसको मुद्दा स्थापित गर्न र मधेसको अधिकार प्राप्त गर्नका लागि मधेसवादी दलहरु एकताबद्ध भएर लाग्नु पर्छ ।’

कांग्रेस एमालेसँग प्रतिस्पर्धा गर्न र राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव पार्नको लागि पार्टी मिल्नुको विकल्प छैन, यादवले भने ।

मधेसी मोर्चामा सानो आकारमा रहेका तराई मधेस सदभावना पार्टी, राष्ट्रिय मधे मााजवादी पार्टी, नेपाल सदभावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक एकताको पक्षमा रहेपनि केही ठूलो आकारका संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी एकतालाई त्यति चासो दिएका छैनन् ।