२८ पुस, एजेन्सी।

संयुक्त राष्ट्रसङ्घको महासचिवका रुपमा दुई कार्यकाल पूरा गरी दक्षिण कोरिया फर्किन लागेका बान कि मुनलाई यहाँको राष्ट्रपतिको सम्भावित दोस्रो उम्मेदवारको रुपमा देखाएको छ ।ban ki mun

राष्ट्रप्रमुखका रुपमा दोस्रो पाँच वर्षे कार्यकाल पूरा गरी यही जनवरीमा विदा लिएका बान बिहीबार दक्षिण कोरिया आउँदैछन् ।

यसै हप्ता स्थानीय मत सर्भेक्षण संस्था रियलमिटरले सोमबारदेखि बुधबारसम्म गरेको सर्भेक्षण परिणाम अनुसार उनलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाइएको छ ।

मत सर्भेक्षणमा एक हजार ५११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका पूर्व प्रमुखले २७.९ प्रतिशत प्राप्त गरेको सर्भेक्षणमा देखाइएको छ ।

मिन्जो पार्टीका पूर्वप्रमुख मन जाईइनलाई एक हप्ता पहिले गरिएको सर्भेक्षणमा भन्दा १.१ पतिशत मत बढी आएको छ ।

त्यसैगरी तेस्रो स्थानमा पनि मिन्जो पार्टीका लि जाई म्युङले ११.३ प्रतिशत मत पाएका छन् । यो उनलाई यस अघि आएको मतभन्दा ०.७ प्रतिशत कमी हो ।