योगगुरु तथा पतंजली ब्रान्डबाट एक व्यापारीको पहिचान बनाएका बाबा रामदेवले कुस्तिको मैदानमा पनि राम्रै प्रदर्शन गरेका छन् ।

ramdev

बाबा रामदेवले अन्तराष्ट्रिय स्तरका ओलम्पिकका रजत पदक विजेता एन्ड्री स्टेडनिकलाई कुस्तीमा हराएका छन् । बाबा रामदेबले मंगलबार मैत्री खेलका लागि एन्ड्रीलाई चुनौती दिएका थिए ।

बाबा रामदेवले कुस्तीबाजलाई पछारे (फोटो फिचर)

दिल्लीको इन्दिरा गान्डी इन्डोर स्टेडियममा प्रो रेसलिङको सेमीफाइनलभन्दा केही समयअगाडि उनीहरु भिडेका थिए । भिड्नअगाडि सबैलाई एन्ड्रीले बाबालाई आरामले हराउँछन् भन्ने लागेको थियो, तर त्यसको ठिक उल्टो भयो ।

baba

रिंगमा पुगेपछि बाबा रामदेवले सूर्य नमस्कार गरे । बाबाले सुरुवातमै पकड बनाइराखेका थिए, खेलभरि बाबाले एन्ड्रीलाई एक अंक पनि जोड्ने मौका दिएनन् र खेल १२–० को अन्तरमा सकियो ।

बाबा रामदेव र शिल्पा सेट्टीको योग पोज (फोटो फिचर)
जव एक नेपाली चौकिदारका छोरा भारतको खर्वपति बने…

भिड्नअघि बाबा रामदेवले भनेका थिए, ‘मैले राष्ट्रिय स्तरका कुस्तीवाजसँग भिडको छु । अन्तराष्ट्रिय स्तरमा चिनिएका रेसलरसँग भिड्दा खेल निकै रोमाञ्चक हुनेछ । योगको असली ताकत देख्न सकिने छ ।’

baba_ramdev

एन्ड्रीले २००८को बेइजिङ ओलम्पिकमा भारतका चर्चित कुस्तीवाज सुशील कुमारलाई हराएका थिए । तल भिडियोमा हेर्नुहोस् ।