२ भदौ, काठमाडौं ।

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल फुटको संघारमा पुगेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट समुहले आज एक बिज्ञप्ती जारी गर्दै नेता देवेन्द्र पौडेलको नेतृत्वमा १५ सदस्दीय वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका छन् ।

उनीहरुले छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्यदिशासहितको प्रतिवेदन र घोषणा पत्र जारी गर्ने जनाएका छन् । यसअघि देवेन्द्र पौडेलको नेतृत्वमा १५ जना नेताले ध्रुवीकरणका लागि आहृवान गरेका थिए ।

लगत्तै पार्टी संयोजक भट्टराईले उनिहरुलाई स्पष्टिकरण सोधेका थिए । पौडेल समूहले छुट्टै भेला गरेर पार्टीमा वैचारिक कार्यदिशाको स्पष्टता नरहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलन समेतलाई ध्रुवीकरणका लागि फेरि आहृवान गरेको छ ।

ध्रुविकरणका लागि आह्वान गरिएको बिज्ञप्तिमा नेता पौडेलसँगै, वलालाती शर्मा, तिलक थापा, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, सविन्द्र सुनुवार, शर्मिली तामाङ र रत्न रानाको हस्ताक्षर छ ।