krishna b mahara६ चैत, काठमाडौ । हेटौडामा सम्पन्न महाधिवेशनमा बाबुरामको विरोधपछी महासचि बन्न नपाएका नेता कृष्णबहादुर महराले पार्टी महासचिव पोष्टबहादुर बोगटीलाई कू गर्ने तयारीमा लागेका छन् ।
पार्टीको भोलीदेखी सुरू हुने केन्द्रिय कमिटिको बैठकलाई केन्द्रित गरि नेता महराले बोगटीलाई कू गर्ने तयारी गरेको समाचारले एमाओवादीभित्र निकै हलचल मच्चिएको एक साप्ताहिकमा खबर छापिएको छ । प्रचण्ड निकट केही युवा नेताहरूलाई साथमा लिएर नेता महराले महासचिव बोगटीलाई कू गर्ने तयारी गरेका हुन् । महराको पक्षमा शक्ति बस्नेतदेखी युवराज चौलागाईँसम्मका नेताहरूले केन्द्रीय समितिअघि नै महरालाई महासचिवमा सुनिश्चीत गर्न लविङ गर्ने लगभग निश्चित भएको छ ।
महाधिवेशनमा बाबुरामको विरोधपछी महासचिवको पद हत्याउन नपाएका महराले अहिले भने बाबुरामलाई चुनौती दिँदै बोगटीलाई कू गर्ने प्रयत्नमा लागेका हुन् । कहिले वैद्यतिर टास्सिने त कहिले प्रचण्डतिर टास्सिने गरेको भन्दै बाबुरामले महरालाई महासचिव हुनबाट रोकेर बोगटीलाई महासचिव बनाएका थिए । बाबुरामले पहिले पनि बोगटीका पक्षमा बोलेका र अब पनि बोगटीलाई नै साथ दिने निश्चित छ । यसरी बाबुरामले पनि बोगटीलाई नै सहयोग गर्ने भएपछि महरा र बोगटी भन्दा पनि बाबुराम र महराबीच टकराव हुने अवस्था देखिएको छ ।
महराले भागबण्डाका आधारमा पाउने सचिव पदमा टोपबहादुर रायमाझी वा गिरिराजमणि पोखरेलकै हैसियतमा नबस्ने भन्दै सचिव पद लिन नमानेका उनी महासचिव पद नै हत्याउने सुरमा लागेका छन् । उनका पक्षमा लागेका नेताहरू बोगटीलाई उपाध्यक्ष बनाएर महरालाई महासचिवमा लैजाने भन्दै लविङ गर्ने बताइएको छ ।
महाराका पक्षमा रहेका नेताहरुले बोगटी महासचिव पद चलाउन समक्ष नभएको बताउँदै महासचिवबाट हटाएर महरालाई ल्याउने सुरमा छन् । महासचिव पद कार्यकारी प्रकृतिको भएकाले त्यसले भातृ संगठन चलाउनुपर्ने र यसका लागी बोगटी त्यसका लागि सक्षम नभएको उनीहरूको तर्क छ ।