२ असार, काठमाडौं ।

निर्देशक शोभित बस्नेत ३ वर्ष पछि फेरी नयाँ चलचित्र लिएर दर्शक माझ आउने भएका छन् । २०७२ सालमा ‘जाउँ हिंड पोखरा’ भन्ने चलचित्र बनाएका बस्नेतले त्यसपछि निर्देशन गरेका थिएनन् । थोरै समयमा धेरै चलचित्र निर्देशन गर्ने परिचय पाएर पनि उनी निर्देशनमा तीन बर्षदेखि मौन थिए ।

तर अहिले एक्कासी उनले अहिले ‘बाबुकान्छा’ घोषणा गरेका छन । उक्त चलचित्रमा कथा लेखन निर्माण र निर्देशन उनले नै गर्नेछन् । राजधानीमा हिजो शुभमुहुर्त भएको चलचित्र बाबुकान्छाको छायाँकन आइतबारदेखि शुरु गर्ने उनले जानकारी दिए । केही दिन राजधानी र त्यसपछि चितवन र दुवईमा छायाँकन हुने निर्देशक बस्नेतले बताए ।

रङग पत्रकार तथा ‘पञ्चायत’ फिल्मका कार्यकारी निर्माता रवि अधिकारी बाबुकान्छामा पनि कार्यकारी निर्माता बन्नेछन् । कार्यक्रममा नायक सरोज खनाल र सलोन बस्नेतले आकर्षक सम्वादबाट शुभ मुहुर्त गरिएको थियो । उक्त चलचित्रमा सलोन बस्नेत र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहने छ । उनीहरु ‘लभ सब’ का पनि जोडी हुन् ।

बाबुकान्छामा उनीहरुसँगै रितिक शाही, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटाको पनि मुख्य भूमिका छ । अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले फिल्ममा डेव्यू गर्दै छन ।