३ मंसिर, धादिङ ।
धादिङ्ग जिल्ला थाक्रे गाउँपालीका वडा नं. ५ मा चुनावी सभा मा जाने क्रममा धादिङ्ग क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य भुमि त्रिपार्टी र चुनावी कमाण्डर नेत्र पौडेललाई लक्षित गरी प्रेसर कुकर बम पडकाईएको थियो ।

बमको आक्रमणमा मानविय क्षती नभएको स्थानियले बताएका छन् । त्यस्तै गरी धादिङ्ग सदरमुकाम धादिङ्ग बेशीमा पनि आज विहान अस्थानिय निवाार्चन कार्यालय धादिङ्गमा पनि सकेट बम राखिएको थियो ।

स्थानिय जानकी ढकालले देखे पछि कर्मचारीलाई जानकारी गराएकी थिईन् । सकेट बम निस्क्रिय पार्न गजुरी स्थित सबुज गणबाट डिस्पोजल टोली घटना स्थलमा पुगेर निस्क्रिय पारेको थियो ।

यसरी बमको आतकंले गर्दा मतदाता मतदान केन्द्र सम्म जानलाई असुरक्षित महसुस गरिरहेका छन् । भयरहित वातावरणमा चुनाव होला भन्नेमा शंका व्यक्त गरेका छन ।