१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको बामगठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको बताएका छल् ।

नेपाली काँग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा आज आयोजित चुनावी आम सभालाई सम्बोधन गर्न दार्चुला पुगेका कांग्रेस सभापति एवम प्रधानमन्त्रि देउवाले यस्तो बताएका हुन् ।

अगामी मंसिर १० र २१ गते हुन गईरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यको निम्ति अति महत्वपूर्ण खुट्किला भएको प्रधानमन्त्री देउवाको भनाई छ ।

२००७ सालमा राणा शासनको अन्त्य गरी बहुदलीय व्यवस्थापन स्थापना गरेको कांग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको उनको भनाई थियो । साथै राजा राणा र पञ्चायत व्यवस्थालाई हटाएर नेपाली जनतालाई नेपाली कांग्रेसले संविधान दिएको बताए ।

लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको भन्दै प्रधानमन्त्रि देउवाले कम्युनिष्टहरुको एकताले देशलाई अधिनायकवाद तर्फ लैजाने खतरा बढेको बताए ।