-कुशल श्रेष्ठ

चिरपरिचित अमेरिकी राष्ट्रपति ‘बाराक ओबामा’ लाई नचिन्ने को नै पो छ होला र? बच्चा देखि बुढासम्म धेरैले उनलाई चिनेकै हुन्छन्। तर चिन्नु, जान्नु र बुझ्नुमा धेरै फरक हुन्छ। त्यसमाथि विश्वकै शक्तिशाली मानिसलाई त सबैले चिनेकै हुन्छन्, तर उनीहरूको व्यक्तिगत कुराहरू भने धेरैलाई थाहा हुँदैन।

उनको पुरा नाम ‘बाराक हुसेन ओबामा’ हो भने, उनको जन्म सन् १९६२ अगस्ट ४ मा अमेरिकाको ‘होनोलुलु’मा भएको थियो। उनी अमेरिकाको ४४ औँ र वर्तमान राष्ट्रपति हुन्, अनि उनी पहिलो अफ्रिकी-अमेरिकी राष्ट्रेपति हुन्।Barack-Obama

आज हामी तपाईँहरूलाई प्रसिद्ध अमेरिकी राष्ट्रेपति बाराक ओबामाको बारेमा धेरैलाई थाहा नभएका केहि कुराहरूको जानकारी दिनेछौँ

  • उनको नामको अर्थ ‘ऊ जो धन्य छ’ हो।
  • उनलाई मनपर्ने खाना उनकै पत्नी मिसेलले बनाएको ‘झिँगे माछा’ हो।
  • युद्ध पछिको उनी छैठौँ राष्ट्रपति हुन् जसले बायाँ हात चलाउँदछन्।
  • उनले ‘ह्यारी पोटर’को सबै किताबहरू पढेका छन्।
  • उनीसँग ‘मोहम्मद अली’ले हस्ताक्षर गरेको रातो बक्सिङ्ग पञ्जा छ, जुन उनको लागि प्रेरणाको श्रोत हो- उनी भन्छन्।
  • किशोरावस्था हुँदा उनले ‘बास्किन-रबिन्स’ आइसक्रिम पसलमा काम गर्थे र अहिले उनलाई आइसक्रिम फिटिक्कै मन पर्दैन।
  • इण्डोनेसियामा बस्दा उनले कुकुरको मासु, सर्पको मासु र रोस्ट गरेको फट्याङ्ग्रा खाएका थिए।
  • उनले स्पानिस भाषा पनि बोल्न सक्छन्।
  • उनलाई चिया असाध्यै मन पर्दछ।
  • उनले मिसेल सँग आफू राष्ट्रेपति हुनुभन्दा अगाडि धुम्रपान छोड्ने वाचा गरेका थिए- तर उनले छोडेनन्।
  • उनको मन पर्ने पुस्तक ‘हर्मन मेलभिल’को ‘मोबि डिक’ हो।
  • ‘स्क्र्याबल’ र ‘पोकर’ खेल खेल्न उनी बढी रुचाउँछन्।
  • बाराक ओबामालाई कफी मन पर्दैन र कहिलेकाहिँ मात्रै मध्यपान गर्छन्।
  • यदि उनी राजनितीज्ञ नभैदिएको भए, पक्का आर्किटेक्ट हुन्थे।
  • किशोरावस्था हुँदा उनले गाँजा र कोकेनको साथसाथै अरू लागूपदार्थ पनि प्रयोग गर्थे।
  • उनी भन्छन्, उनको नराम्रो बानी भनेको बारम्बार आफ्नो ब्ल्याकबेरी मोबाइल चेक गर्नु हो।
  • उनले एप्पल म्याक ल्यापटप प्रयोग गर्छन्।
  • उनको सुट ‘हार्ट स्क्याफनर मार्क्स’ ब्राण्डको रहेको छ भने, त्यसको मूल्य १५०० अमेरिकी डलर रहेको छ।
  • उनले हरेक हप्ता सिकागोको हजामसँग कपाल कटाउँछन्, जसको मूल्य २१ डलर रहेको छ।
  • उनलाई आफ्नी हजुरआमाले ‘बार’ भनेर बोलाउँथिन्।