८ जेठ,  काठमाडौं ।

बार्सिलोनालाई तीन अंकले पछि पार्दै रियल म्याड्रिडले ५ वर्षपछि लालिगाको उपाधि जितेको छ । अन्तिम खेलमा मालागालाई २–० गोलले पराजित गरेपछि रियलले ५ २०१२ यता लालिगाको उपाधि जितेको हो । उपाधि होडमा भए पनि आइतबार राती आइबरलाई ४–२ ले पराजित गर्नुका बाबजुद पनि बार्सिलोना तीन अंकले पछि पर्दै उपाधि जित्न असफल भएको हो ।

रियलले हार्ने र बार्सिलोनाले जित्ने भएमा बराबर अंक भएर पनि गोल अन्तरका आधारमा बार्सिलोनाले उपाधि जित्ने थियो । तर, पछिल्लोपटक मालागासँग २–० शुन्य गोलले पराजित भएको खेल नै बार्सिलोनाको उपाधि यात्रा रोकिएको थियो । त्यसयताका ७ वटै लिग खेल जितेर बार्सिलोनाले उपाधिको आशा जिवित राखेकै हो तर, रियलले बार्साविरुद्धको एक खेल गुमाए पनि अरु खेलमा जित निकालेपछि उपाधि जितेको हो । अन्तिम खेलमा बार्सिलोनाको लागि मेसीले दुई गोल गरे, यता रियलका लागि रोनाल्डोले पनि एक गोल गरे ।

उपाधि जित्दा रियलको ९३ अंक भयो । बार्सिलोनाले ९० अंक जोड्दा तेस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडको ७८ र सेभिल्ला चौथो स्थानमा रहँदै ७२ अंक जोड्न सफल भयो ।

मेसीले यो सिजनमा ३४ खेलमा ३७ गोल गरेर लालिगाका उच्च गोलकर्ता बनेका छन् । मेसीपछि सुवारेजले २९ र रोनाल्डोले २५ गोल गरेका छन् ।