७ माघ, काठमाडौं ।
आफ्ना सुपरस्टार मेसी, सुवारेज, नेयमर, इनिस्टा जस्ता दिग्गज खेलाडीको प्रेरणामा स्पेनिस बार्सिलोनाले जित्न बाँकी केही छैन । लालिगा, च्याम्पियन्स लिग, कोपा डेलरे कप, स्पेनिस सुपरकप जस्ता उपाधि बार्सिलोनाले पटकपटक जित्दै आएको छ । तर, एउटा टिमलाई बार्सिलोनाले १० वर्षपछि बल्ल उसकै मैदानमैं हराउन संघर्ष गर्नुपरेको छ ।

बार्सिलोनाको यो संयोग रहेको टिम हो रियल सोसिडाड । सोसिडाडलाई बार्सिलोनाले १० वर्षदेखि उसको मैदानमा हराउन सकेको थिएन । तर, गएराती भएको कोपाडेलरे कपको क्वाटरफाइनलमा बार्साले सोसिडाडलाई १–० ले हराएको हो ।

real-sociedad-v-fc-barcelona

१० वर्षमा उसको मैदानमा जित्ने क्रममा बार्साका लागि नेयमारले २१ औं मिनेटमा पेनाल्टीमा गोल गरे । नेयमारलाई नै डिएरियाभित्र लडाएपछि मेसीले आफूले पेनाल्टी नहानी नेयमारलाई दिएका थिए । पछिल्लो समय गोलका खोजीमा रहेका नेयमारलाई गोलको अवसर दिन मेसीले टिममेटलाई यो अवसर दिएका हुन् ।

अब दोस्रो लेग आगामी हप्ता बार्साको गृह मैदानमा हुनेछ । एकदिन अघिमात्र कोपा डेलरे कपको पहिलो लेगमा रियल म्याड्रिड सेल्टाभिगोसँग २–१ ले पराजित हुन पुगेको थियो ।