२४ भदौ, नवलपरासी ।

नवलपरासीकाे प्रतापपुर गाउपालिका वडा नम्बर ६ गुठीप्रसाैनि, माेतिपुर बस्ने १४ वर्षिया बालिकालाई जवर्जस्ती करणी गरेकाेमा प्रहरीले एक युवालाई पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय वेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले दिएकाे जानकारी अनुसार निज बालिकाकाे अामा साेमवार दिउँसो १२ बजे बाख्रा चराउन गएकी अामालाई सघाउन जान लागेकी १४ वर्षिया बालिकालाई माैका छाेपी साेहि ठाउँ वस्ने वर्ष १८ का मन्नु यादवले बालिकालाई जबर्जस्ती  समातेर उखुबारीमा लगि करणि गरेकाे पिडितकाे उजुरीकाे अाधारमा निजलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका यादव र बालिकालाई शरिरिक परिक्षण गराइएकाे छ। रिपाेटकाे अाधारमा कार्वाही अगाडि बढाउने प्रहरीले जनाएकाे छ।