१४ मंसिर, काठमाडौं ।

संविधान संशोधनमा एमालेको धम्की र मधेसी मोर्चाले धुर्की लगाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग परामर्श गरेका छन् ।

संविधान संसोधनमा देउवाको अर्को कार्ड !

प्रचण्डले संविधान संशोधन प्रस्तावमा रचनात्मक भूमिका खेल्न आग्रह गरेका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा संविधान संशोधनका विषयका कुराकानी भएको प्रचण्डको सचिवालयले बताएको छ ।

baburam-prachanda-maoist jpg

फाइल तस्विर

भेटमा भट्टराईले संविधान संशोधनमा आफ्नो समर्थन रहेको विश्वास दिलाएका थिए । उनले प्रचण्डसँग सवैका माग सम्बोधन गरेर कार्यन्वनमा गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।

बाबु दोषी कि आमाः कन्चन शर्माका छोराले लेखे रुहाउने स्ट्याटस

नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै संविधान संशोधनका एजेन्डामा एकरुपता देखाएका थिए ।

छोराको समाचारले विप्लवलाई तनाव, चेतावनी दिँदै लेखे स्ट्याटस

प्रचण्डले राजनीतिक परिस्थिति निकै जटिल रहेकाले भूमिका खेल्न भट्टराईलाई आग्रह गरेका छन् । तर नयाँ शक्ति नेपालको तर्फबाट संसदमा एक जना पनि सांसद छैनन् । भट्टराईले पार्टी परित्यागसँगै सांसदबाट पनि राजिनामा दिएका थिए ।