५ माघ, काठमाडौं।

‘मान्दिन मान्दिन, म त मरिगए मान्दिन। बरु बैठक-सैठक छाडेर हिँड्छु।’ २८ गते साँझ प्रधानन्यायाधीस निवास बालुवाटारबाट न्यायपरिषद् सदस्य रामप्रसाद सिटौला यसो भन्दै निस्किए। ‘ए भाइ बस, बस। बरु अर्को मान्छे देऊ तर तिमीले भनेको केटो अलि स्वच्छ छविको परेन’ भन्दै सुशीला कार्कीले सम्झाउन खोजिन् तर त्यो मान्छे अर्थात हाल घट्टेकुलो बस्ने सुनसरीका वकिल कमलमणि निरौलाको निहुँमा बैठक बहिष्कारको स्थिति देखापर्यो। जबकी दुई महिनादेखिको छलफल निजी क्षेत्रका वकिलहरुमध्येबाट न्यायाधीश छान्ने दिशामा केन्द्रित हुँदै गएको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व स्वकीय सचिव, गृह, पर्यटन, भौतिक योजना मन्त्रीका भाइहरुसहित १५ जना आफ्नो भागमा परिसकेपछि सिटौलाले निरौलाको नाममा त्यसरी अत्यो थापेका हुुन्। त्यो मान्छेलाई नल्याए बस्दै बस्दिन भन्दै सिटौला हिँडेपछि पनि एक घण्टा बसेका वरिष्ठतम न्यायाधीश वैधनाथ उपाध्यले ‘यिनले साह्रै निहुँ खोजे, भैगो गर्दिऊँ न त’ भन्दा आफू विराटनगरको वासिन्दा भएको र वरिष्ठ अधिवक्ताको रुपमा प्राक्टिस गर्दा नै कमलमणिको विचौलिया बानीबारे जानकार रहेको जानकारी दिदैँ प्रधानन्यायाधीश कार्कीले यस्तालाई बढावा दिँदै जानुभन्दा बरु विकल्प खोज्न सकिने अडान राखेकी थिइन। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

यो पढ्नुस्।

एमालेभित्र छिर्न खोज्यो दक्षिण