१४ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा प्रम निवास बालुवाटारमा अहिले प्रमुख तीन दलको बैठक जारी छ ।

पाकिस्तानको युद्धक विमान भारत घुस्यो, सीमा सुरक्षा बलमा हलचल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस, नेकपा काँग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठक बोलाएका हुन ।

3 party meeting at Baluwatar Prachanda
बैठकमा स्थानीय तह पुर्नसंरचना, तीन वटै निकायको निर्वाचन, संविधान संशोधन, आर्थिक विधेयक लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठक विहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली विदेशमा रहेकाले काँग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट कार्यवाहक अध्यक्ष बामदेव गौतम बैठकमा सहभागी छन् ।

एमाले र कांग्रेस पार्टी कार्यालयको विद्युत काटियो

बैठकमा स्थानीय तह पुनर्संरचनाका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

सरकारले आगामी चैत भित्र स्थानीय तहको चुनाव गर्ने बताएपनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनप्रति दलहरु असन्तुष्ट छन् ।

त्यसअघि स्थानीय तहको पुनर्संरचनाबारे सत्ता पक्षको समान धारणा बनाउन प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग छुट्टै छलफल गर्दै छन् ।

प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबारे पनि छलफल भैरहेको प्रधामन्त्रीका प्रेस सल्लाहकार आचार्यले बताए । प्रधानमन्त्री प्रचण्डले भदौ ३० गतेदेखि भारतको चार दिने भ्रमण गर्दै छन् ।