१३ भदौ, काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व सम्हालेपछि पहिलो पटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सोमवार बिहानै प्रधानमन्त्री निवास वालुवाटारमा पुगे ।

ब्रसेल्समा प्रहरी चौकी नजिकै बम विष्फोट, युरोपभरि सतर्कता

अनौपचारिक कुराकानी सुरु भएपनि सदभावना पार्टीका अध्यक्ष महतोले सरकार गम्भीर नहुने हो भने विश्वासमा संकट पैदा हुने र अविश्वासको वातावरण सृजना हुने बताउन नपाउदै प्रधानमन्त्री प्रचण्डले निकै गम्भीर मुद्रामा सरकारले गर्नुपर्ने सबै काम गर्नु विश्वास दिलाएका थिए ।

Prachanda vs mahato

एक सातादेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले कार्यदल बनाएर नै प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिलाई भेटेर तीन बुँदे माग पूरा गराउन दबाब दिदै खाएको छ । तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउन मोर्चाले सरकारसँग माग गर्दै आएको छ ।

देउवा किन गएका हुन् सिंगापुर ! कांग्रेस भित्र खैलाबैला

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले प्रधानमन्त्री प्रचण्ड तीन बुँदे सहमति कार्यान्वयन गर्नका लागि गम्भीर भएको बताए । प्रचण्डको भनाई उदृत गर्दै उनले भने,‘म कुनै पनि हालतमा मोर्चाको माग पूरा गर्न तयार छु, अविश्वास नगर्नुहोस ,विश्वास गर्नुहोस मुलुको समस्या समाधान गर्नको लागि म प्रतिबद्ध छु ।’

नेपाल टेलिभिजनबाट प्रचण्डले भनेका १० कुराः ओलीलाई एक- एक जवाफ

प्रधानमन्त्री र महतोबीच भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका सभापति देउवा स्वदेश फर्किपछि मात्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने बताएका थिए ।