१३ भदौ, काठमाण्डौ ।

प्रमुख चार दलले असन्तुष्ट पक्षलाई फेरी वार्तामा बोलाएका छन् । कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका शिर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले असन्तुष्ट पक्षले पठाएको पत्रको जवाफ दिँदै फेरी वार्ताका लागि आब्हान गरेका हुन् ।

मधेसवादी दल र थारु समुदायले सर्त सहित पठाएको पत्र बारे छलफल गर्न बसेको बैठकले वार्ता र छलफलबाटै समस्याको समाधान निस्कने भन्दै फेरी वार्तामा बोलाउने निर्णय गरेको एमाले नेता माधवकुमार नेपालले जानकारी दिए ।

Madhavkumar Nepal in Dang

तर उनीहरुले संविधान निर्माण प्रकृया भने नरोक्ने समझ्दारी गरेका छन् । संविधानको परिमार्जित विधेयक माथि आजदेखि संविधानसभामा छलफल सकिने भएकाले आजैदेखि शुरु हुने संसोधनको समयमा असन्तुष्टका माग सम्बोधन गर्न सकिने नेता नेपालले बताए ।

बैठक पछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अव वार्ता र संविधान निर्माणको काम सँगसँगै लैजाने बताए । वार्ताबाटै समाधान खोज्नु पर्नेमा चार दलको जोड रहेको भन्दै पौडेलले वार्ताबाट भागेर समस्याको समाधान ननिस्कने भन्दै वार्तालाई फलदायी बनाउन असन्तुष्ट पक्षलाई आग्रह गरे ।

ram chandra paudel

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अहिलेको विधेयक जस्ताको तस्तै पारित भएमा समस्या झन बल्झने दावी गरे । मुख्य समस्या प्रदेशको सिमांकनमा देखिएको भन्दै गच्छदारले आमूल परिवर्तन नगरिए मुलुकमा द्धन्द्ध हुने चेतावनी दिए ।

अहिलेकै प्रस्ताव आफूले जस्ताको तस्तै नमान्ने भनेर घोषणा गरिसकेको भन्दै अध्यक्ष गच्छदारले प्रमुख दलका नेतालाई पनि यसबारे जानकारी गराएको र उनीहरु पनि सकारात्मक रहेको दावी गरे । अन्यथा आफू संविधान लेखनको प्रकृयाबाट बाहिरिने गच्छदारले यसअघि नै घोषणा गरिसकेका छन् ।

bijay kumar gachhdar

‘अहिलेको विधेयक बन्दुकको नालबाट निस्केको गोली र धनुषबाट निस्केको तिर जस्तै हो ।’ गच्छदारले भने, ‘अव यसलाई कतै फिर्ता लैजान सकिन्न । त्यसैले संसोधनको अवधिमै समाधान खोज्नु पर्छ ।