कुशल श्रेष्ठ

सँधैको दिन कहाँ एकै हुन्छ र? घरमा खाना बनाउँदा कहिले ठीक्क हुन्छ भने कहिले पुग्दैन अनि कहिले चाहिँ टन्नै भात बासी रहन्छ। अब त गर्मी मौसम पनि लागिसक्यो, बासी भात फाल्नुबाहेक अरू कुनै चारा हुँदैन। तर यस्तो महङ्गो चामलको भात फाल्न कसलाई मनखत लाग्दैन र?

तर चिन्ता नलिनुहोस् अनि बासी भातलाई फाल्दा पनि नफाल्नुहोस्। साँच्ची भन्ने हो भने बासी भातले स्वास्थ्यमा धेरै फाइदा गर्दछ- प्रयोग गर्ने तरिका मात्रै अलि भिन्न छ।Health benefits of leftover rice (2)

यदि भात बाँकी रह्यो भने, त्यसलाई माटोको भाँडो अथवा स्टीलको भाँडोमा राखी रातभरी अथवा दिनभरी सफा चिसो पानीमा भिजाएर राख्नुहोस्। विहानसम्ममा त्यो भात ढाडिसक्नेछ। यसलाई विहान उठ्नेबित्तीकै काँचो प्याँजसँग खान सकिन्छ।

यसरी रातभरी भिजाएर राखिएको बासी भातका टन्नै स्वास्थ्य फाइदाहरू छन्। यसलाई प्राकृतिक शीतलक मान्न सकिन्छ, मतलब यसले गर्मीको बेलामा दिनभरी शरीरलाई शीतलता प्रदान गर्दछ। यदि नियमित यसको सेवन गरेमा शरीरको तापक्रमलाई नियन्त्रणमा राखी उच्च रक्तचापलाई समेत कम गर्दछ। बासी भातमा साजी भातमा भन्दा बढि फाइबर पाइन्छ, जसले कब्जियत, झाडापखाला र ग्यास्ट्रिक जस्ता पाचनप्रक्रियासम्बन्धी समस्याबाट राहत प्रदान गर्दछ।Health benefits of leftover rice (3)

अल्सरबाट पीडित हुनुहुन्छ? पेट डम्म भएर फुल्ने, खाना खान मन नलाग्ने, एक गाँस खाना खानेबित्तीकै अमन्न बनाउने हुन्छ? त्यसो भए तपाईँको लागि सबैभन्दा उचित खानेकुरा नै यहि ढडाएर राखेको बासी भात हुन जान्छ, जसले पेटको पचाउन सक्ने क्षमतामा वृद्धि गराउँदछ।

विहान उठ्नेबित्तीकै कफी अथवा चिया पिउने बानी छ भने अब त्यो भन्दा पहिला यो बासी भात खानुहोस्। नियमित यसको सेवन गर्नाले दिनभरी कफी र चियाको तलतललाई कम गराउँदछ।

हालै भएको एक खोजले यसरी ढडाएर राखेको बासी भातमा माइक्रोन्यूट्रियण्ट्स (micro-nutrients) तथा अन्य खनीज पदार्थहरू (फलाम, पोटासिम र क्याल्सियम) प्रशस्तै पाइन्छ भन्ने पत्ता लागेको छ। त्यसैले बाँकी रहेको भातलाई यसरी सेवन गर्नाले शरीरमा स्फूर्ती जगाउनुको साथै स्वस्थ पनि राख्दछ।

यो पनि हेर्नुहोस्-
भातका ३ प्रकार अनि भातका फाइदा
यी १६ वस्तु, जसलाई फ्रिजमा नराख्दै जाति हुन्छ!
“मलाई भोक नै लाग्दैन, पेट डम्म भैरहन्छ, अलिकति खानेबित्तिकै वाक्क लाग्छ” किन होला?
मलाई किन जतिबेला पनि भोक लागिरहन्छ?