बलिउड स्टारबारे चर्चा हुनु कुनै नौलो कुरा होईन । स्टारको अफेयर्स, स्टाइल, तथा व्यक्तिगत जिवनको बारेमा जोकोहिले पनि चासो राख्नु सामान्य कुरा हो । आफुलाई मनपर्ने सेलेब्रेटिको बारेमा थाहा पाउन प्रशंसकहरु जे गर्न पनि तयार हुन्छन् । तिनै स्टारको नयाँ तस्विर प्राय सबैले देखेकै हुन्छन्, तर तिनका पुराना तस्विर भने मुस्किलले मात्रै देख्ने मौका मिल्छ । यहाँ सदावहार चर्चामा रहने बलीउड स्टारका दुर्लभ तथा पुराना तस्विरहरु सार्वजनिक गरिएका छन् ।

१. बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको यो दुर्लभ तस्विर फिल्म सेटबाट लिइएको हो । यो तस्विर फिल्म ‘जोश’को सुटिङको क्रममा लिइएको हो ।जसमा अभिनेता शाहरुख खान र ऐश्वर्याको मुख्य भुमिका रहेको छ ।

२.बलिउडका खेलाडी भनेर चिनिने अक्षय कुमार र उनकी पत्नि ट्विंकल खन्नाको आफ्नो सुरुवाती दिनहरुको दुर्लभ तस्विर ।

३. बलिउड स्टार शाहरुख खान आफ्ना भिनाजु विक्रान्तसंग ।
४. सन् १९९१ मा बलिउड फिल्म साजनको सुटिङको क्रममा अभिनेता सलमान खान, माधुरी दिक्षित र सन्जय दत्त ।
५.आफ्नो करियरको सुरुवाती दिनको अभिनयको क्रममा अभिनेता शेफ अली खानकी पुर्व पत्नि तथा अभिनेत्री अम्रिता सिंह ।

६. परिवार तथा साथीहरुसंग क्रिकेट खेल्दै अभिनेता सलमान खान ।

७. आफ्नी आमा र बहिनी करिना कपुरका साथ अभिनेत्री करिश्मा कपुर ।

८. स्विमसुटमा अभिनेत्री श्रीदेवी ।
९. सन् १९९० भन्दा अघि लण्डनमा अभिनेता गोविन्दा र कोरियोग्राफर फरा खान ।

१०. अभिनेता सलमान खान र भाग्यश्री फिल्म मेने प्यार कियाबाट ।

११. आफ्ना सन्तान सोनाक्षी सिन्हा, लभ सिन्हा र कुश सिन्हासंग अभिनेता शत्रुधन सिन्हा र पुनम सिन्हा ।
१२. फिल्म मेकर यश चोपडासंग महानायक अमिताभ बच्चन ।

अभिनेता अक्षय कुमार पत्नि ट्विंकल खन्नाका साथ ।